धनगढी : नेकपा एमालेकी पोलिटब्यूरो सदस्य तथा डडेल्धुरा इन्चार्ज गौरी ओलीलाई मातृशोक परेको छ।
संविधानसभा सदस्य समेत रहेकी नेतृ ओलीकी ममतामयी आमा भक्तिदेवी ओलीको ८४ वर्षको उमेरमा आज निधन भएको छ।
उनको निधनले एमाले नेतृ ओली र उनका परिवारजनलाई गहिरो शोकमा डुबाएको छ। भक्तिदेवी ओलीको निधन प्रति नेकपा एमाले परिवार, उनका सहकर्मी, शुभचिन्तक र शुभेच्छुकहरुले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनको अन्तिम संस्कार सम्बन्धी जानकारी पछि सार्वजनिक गरिने जनाइएको छ।
Facebook Comments Box