काठमाडाैँ : विशेष अदालतले मुद्दा मिलाइदिन्छु भन्दै घुस खाने प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र बरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झा भ्रष्टाचारी ठहर गरेको छ ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरू डा खुशीप्रसाद थारू, तेजनारायण सिंह राइ र मुरारीबाबु श्रेष्ठको इजलाशले सेवाग्राहीसँग मुद्दा मिलाइदिन्छु भनेर बीस हजार घुस खाने प्रहरीलाई भ्रष्टाचारी ठहर गरेको हो ।
अदालतले यादव र झालाइ एक महिना कैद र जनही १० हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
महोत्तरीको प्रहरी चौकी, कान्तिबजारका ईन्चार्ज रहेका यादवले महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसंग घुस खाएका थिए ।
उनीहरू २०८० फागुन २७ गते पक्राउ परेका थिए । अख्तियारले २०८० चैत २७ गते उनीहरूको विरूद्धमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
Facebook Comments Box