कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वडाध्यक्षका स्वतन्त्र उम्मेदार बनेका नेकपा एकीकृत समाजवादी नेता एमालेमा प्रवेश भएका छन् ।
एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादी गएका सुदूरपश्चिम प्रदेश कमिटीसमेत रहेका रनसिंह सुनार अन्य कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।
सुनार नेकपा एकीकृत समाजवादी शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ को अध्यक्षको आँकाक्षी थिए । तर उनले पार्टीबाट टिकट नपाएपछि शुक्लाफाँटा नगरपालिका–११ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
चुनाव चिन्ह ‘खरायो’ पाएका उनी अहिले वडाध्यक्षको उम्मेदवारी छोडेर पुनः नेकपा एमालेमै फर्किएका हुन् । उनले विज्ञप्ति जारी गर्दै
एकीकृत समाजवादीमा व्यक्तिवादी, स्वार्थीपना र वर्ग विरोधीसंग साँठगाठ गर्दै राष्ट्रहित विपरित सम्झौता र सत्तासञ्चालन सर्वहारा वर्ग विरोधी देखिएकाले पुनः एमालेमै फर्किएको बताएका छन् ।
उनीसंगै नेकपा एकीकृत समाजवादी शुक्लाफाँटा नगर कमिटी सदस्य अमर सिंह सुनार, युवा संघ नगर सदस्य जयसिंह तिरुवा, राकेश तिरुवा, इन्द्र सुनार र जंगे कामीलगायत कार्यकर्ता एमालेमा प्रवेश भएका छन् ।