काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारी निवास बालुवाटार छाड्ने छन्। स्रोतका अनुसार उनले दिउँसो ४ बजे बालुवाटारबाट निस्कने बताएका छन् ।
प्रधानमन्त्रीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । नेपाली काँग्रेस र एमालेले गत सता नयाँ समीकरण बनाउने सहमति गरेपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्रीलाई आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० सांसदले मात्रै विश्वासको मत दिने अवस्था बनेको छ । उनको विपक्षमा दुई तिहाई बढी मत हुने भएकाले आजै अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्ने काँग्रेस एमालेका नेताहरुले बताएका छन् ।
विश्वासको मत नपाएपछि स्वतः पदमुक्त हुने भएकाले प्रधानमन्त्रीले सरकारी निवास छाड्न लागेका हुन् ।