काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्। आज प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका हुन्।
नेकपा एमालेले समर्थन फिर्ता लिँदै सरकार छोडेपछि प्रधानमन्त्री अल्पमतमा परेका थिए। त्यसपछि उनले संसदमा आज राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकार भयो।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ। तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ र विपक्षमा १९४ मत पर्यो। त्यस्तै, मत दिन्न भन्नेमा १ मत परेको छ।
आज २५८ जना सांसद मतदान प्रकृयामा सहभागी भएका थिए।
२०७९ साल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले आज पाँचौँ पटक विश्वासको मत लिएका थिए।
Facebook Comments Box