काठमाडौं: हिजो पदमुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पीएसओको पनि काज सरुवा भएको छ। यस्तै आज बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) भने डीएसपी नवीन कार्की हुनेछन्।
कार्कीको काज सरुवा भएर पिएसओको रुपमा आउन लागेका हुन्। उनको स्थान सल्यानमा भने डीएसपी केशर न्यौपानेको प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ।
न्यौपानेलाई सल्यान पठाइएको र कार्की यता आउने प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए।
प्रचण्डको पीएसओ भने सिद्दराज न्यौपाने थिए। उनी केशरकै सहोदर दाइ हुन्।
Facebook Comments Box