काठमाडौं : नेपाली कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छ । कांग्रेस उपप्रधान तथा सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंहको नेतृत्वमा केपी ओली सरकारमा जाने भएको हो ।
सभापति शेरबहादुर देउवाले आफूनिकट ६ जनालाई मन्त्री बनाएका छन् । इतर समूहले ४ मन्त्रालय पाउनुपर्ने अडान राख्दै नाम दिन ढिलाइ गरिरहेका थिए ।
तर, देउवाले तीन मन्त्रालयभन्दा दिन नसक्ने सुनाएपछि शेखर कोइराला र गगन थापा समूहले पाण्डे, पौडेल र अधिकारीको नाम दिएका हुन् ।
कसलाई कुन मन्त्रालय ?
१. प्रकाशमान सिंह- उप प्रधानमन्त्री शहरी विकास
२. रमेश लेखक-गृह
३. आरजु राणा-परराष्ट्र
४. दीपक खड्का-ऊर्जा
५. ऐनबहादुर शाही- वन
६. अजय चौरसिया- कानून
७. तेजुलाल चौधरी- युवा खेलकुद
८. बद्री पाण्डे -पर्यटन
९. प्रदीप पौडयाल- स्वास्थ
१०. रामनाथ अधिकारी- कृषि
Facebook Comments Box