धनगढी : एमाले नेतृ एवम कास्की निर्बाचन क्षेत्र नम्बर २ कि सांसद विद्या भट्टराई शिक्षा मन्त्री बनेकी छन् ।
शिक्षा मन्त्री बनुकी विद्या स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । तत्कालिन सँस्कृति तथा पर्यटन मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।
अधिकारीको निधनपछि रिक्त भएको स्थानमा एमालेले विद्यालाई उमेद्वार बनाएको थियो । त्यो निर्बाचन जितेकी भट्टराई कास्की २ बाट २०७९ सालमा दोश्रो पटक पनि प्रत्यक्ष निर्बाचित भएकी जनप्रतिनिधि हुन् ।
Facebook Comments Box