काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनले आज दाङको तुलसीपुर र घोराहीमा बृहत चुनावी सभा गर्ने भएको छ ।
तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा गर्न लागेको कांग्रेस दाङले जनाएको छ ।
तुलसीपुर र घोराहीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल लगायतका शीर्ष नेता आउन लागेकाे कांग्रेस दाङले जानकारी दिएकाे छ ।
तुलसीपुरमा दिउँसो साढे १२ बजेदेखि सभा सुरु हुने कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए । तुलसीपुरको कार्यक्रमपछि नेताहरु घोराहीको सभालाई सम्बोधन गर्ने जाने डाँगीले जानकारी दिए।
Facebook Comments Box