धनगढी: डडेल्धुरामा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ३२ गते जिल्ला सम्मेलन गर्ने भएको छ। आज (शनिबार) बसेको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले यसै महिनाको ३२ गते सम्मेलन गर्ने निर्णय गरेको हो।
क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं बैठकका प्रमुख अतिथि भीमदत्त भट्टले सम्मेलनको मिति तय भएको जानकारी दिए।
उनका अनुसार बैठकले संगठनलाई थप मजबुत बनाएर गतिविधि अगाडि बढाउने समेत निर्णय भएको बताए। बैठकमा प्रदेश कमिटीका अन्य पदाधिकारीसमेत सहभागी थिए।
यस अगाडि क्रान्तिकारीले केन्द्र र प्रदेशको सम्मेलनबारे पनि निर्णय गरिसकेको छ।
र, यो पनि: धनगढीमा माओवादीका क्रान्तिकारीहरु भसक्कै, के भए निर्णय ?
Facebook Comments Box