काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् ।
गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने बताए।
उनले नेपालको पूर्वधार विकासलगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए।
गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने बताए।
राजदूत सोङले नेपाली भूमि प्रयोग गरेर चीनविरोधी गतिविधिहरू भइरहेको घुमाउरो पारामा गुनासो गरेपछि गृहमन्त्रीले यस्तो प्रतिवद्धता जनाए।