काठमाडौं: गृहमन्त्री रमेश लेखकको पहलमा स्वास्थ्य सेवा विभागले कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालका लागि स्वास्थ्य सामग्री पठाएको छ।
भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखक जोशीले आफूसमेतको सक्रियतामा संघीय स्वास्थ्य मन्त्रालय एवं स्वास्थ्य सेवा विभागले करिब एक करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको बताइन्।
पछिल्लो सयम कञ्चनपुरमा परेको अविरल वर्षाका कारण डुबानमा परेको र केही स्थानीय विस्थापित भएका थिए। उनीहरूलाई स्वास्थ्य समास्या हुन सक्ने भन्दै सरकारले स्वास्थ्य सामग्री पठाएको हो।
Facebook Comments Box