धनगढी : शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा एक किशोरीले हाम फालेकी थिइन्। दुहुँ गाउँपालिका–४ दारा माइत भएकी १७ वर्षीया धनिशा कुँवरले महाकालीमा हाल फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो। हाल उनी महाकाली नगरपालिका–४ मा दिदीको घरमा बस्दै आएकी थिइन्।
उनी अझै भेटिएकी छैनन्। भिडियोमा उर्लिंदो महाकालीको किनारको सानो पिल्लरमा किशोरी अडेस लागेर उभिएकी देखिन्छिन्। नजिकै धेरै मान्छेको भीडभाड छ। कोही भिडिओ बनाइरहेका छन्। एकछिनमा ती किशोरी भएनजिक एक जना सुरक्षाकर्मी पुग्छन्। उनको उद्धार गर्ने प्रयास गर्छन्। तर सुरक्षाकर्मीलाई देख्नासाथ ती किशोरी हत्तपत्त महाकालीमा हेलिन्छिन्।
शनिबार धौलीगंगा बाँध खोलिएकोले महाकालीमा पानीको बहाब पनि बढेको थियो। सोही कारण हाम फालेको केहीछिनमै उनी महाकालीमा विलय भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लागेको छैन।
ती महिला महाकाली नगरपालिका– १ कोट घर भएका उमेश कुँवरकी श्रीमती हुुन्। धनिषामाथि श्रीमान् उमेशले पटक–पटक कुटपिट गर्नेदेखि घरमै थुनेर राख्ने गरेको छिमेकीहरुले बताएका छन्।
दार्चुलामा बुढी लखेटेर पुलिसलाई चक्कु हान्ने भगौडा कुँवर पक्राउ, ३ मुद्दामा प्रतिवादी
उक्त विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत परेको थियो। उजुरी परेपछि गत माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो। घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए।
दार्चुलामा बुढी लेखेट्ने उमेश प्रहरीलाई नै चक्कु हानेर जङ्गल पसे !
त्यसपछि प्रहरी हिरासतमा रहेला बेला कुँवरलाई अस्पताल लग्दै गर्दा उनी हतकडीसहित भागे थिए। भाग्न खोज्दा उनलाई प्रहरी जवान सोहन चौधरीले समात्ने प्रयास गरेका थिए। तर, ती अभियुक्त फरार भएर महाकाली तरेका थिए। भने, उनको पछि गएका प्रहरी जवान सोहन जिल्ला प्रहरी कार्यालयकै पछाडिपट्टीबाट लडेर घाइतेका भएका थिए।
पछि उपचार गर्न लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो। पछि पारी बसेका एसएसबीले उनलाई पक्राउ गरेको थियो।
दार्चुलाबाट हतकडीसहित भारत भाग्ने थुनुवा छोप्दाछोप्दै जवान लडेर बिते
यता एक्लै रहेकी धनिषा विभिन्न मानसिक तनावबाट गुज्रिरहेकी थिइन्। सोही कारण उनले देहत्याग गर्ने निर्णय लिएको हुनसक्ने आफन्त बताउँछन्।
श्रीमानविरुद्ध मुद्दा हालेपछि उनी दिदीसँग बस्दै आएकी थिइन्। उनका सन्तान छैनन्।
दुहु गाउँपालिका-४ की धनिसाको १५ वर्षकै उमेरमा विवाह भएको थियो। कुँवरसँग उनले बालविवाह गरेर आएको प्रहरीले जनाएको छ। २०८० भदौमा प्रलोभनमा पारेर विवाह गरेको भन्दै उनले केही समयपछि जिल्ला प्रहरी कार्यालय दार्चुलामा उमेशसिंहविरुद्ध उजुरी दिएकी थिइन्।
जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा उमेशसिंहलाई पूर्पक्षको लागि कारागार पठाइएको छ। फैसला भने आउन बाँकी छ।
र, यो पनि: दार्चुलामा कुँवरले महाकालीमा हाम फालिन्, प्रहरी हेरेको हेर्यै