धनगढी : दार्चुलाको लेकम गाउँपालिका स्वास्थ्यकर्मी लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरमा पक्राउ परेका छन् ।
गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत पुरोषत्तम जोशी असार ९ गते भीमदत्त नगरपालिका-९ गड्डाचौकीबाट पक्राउ परेका हुन । जोशीको साथबाट प्रहरीले २.६५ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको छ ।
पालिका वडा नम्बर ६ आधारभुत स्वास्थ्य सेवा केन्द्र तेलिगाउमा करारमा कार्यरत जोशी स्वास्थ्य केन्द्र प्रमुख हुन् ।
जोशी अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे हिरासतमा छन् ।
जोशीविरुद्व लागूऔषध ओसारपसारमा मुद्दा दर्ता भइसकेको र अनुसन्धान अगाडि बढेको डिएसपी उमेशराज जोशीले बताए ।
Facebook Comments Box