काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को तलब बढाउन सर्वोच्च अदालतले परमादेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शारङ्गा सुवेदीको इजलाशले बुधबार परमादेश जारी गरेको हो ।
सईबाट बरिष्ठ सईमा बढुवा हुँदा तलब घटेपछि उनीहरुले रिट हालेका थिए ।
वरिष्ठ सईहरु विनय बहादुर चन्द, रामसिंह बोहरा, विनोद बहादुर डिसी, रामबहादुर कार्की, कृष्ण कुमार यादब, चन्द्रकान्त जोगी, चन्द्र शेखर वली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वर बहादुर थापा, अरुण कुमार सिंह, यज्ञराज शर्मा, राजु थापा, सूर्य भान चौधरीलगायतले रिट दायर गरेका थिए ।
Facebook Comments Box