धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हिरा शाहलाई आक्रमण गरेर ज्यान लिने हिंस्रक बाघ नियन्त्रणमा आएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोलीले शुक्रबार बिहान बाघलाई नियन्त्रणमा लिएको हो ।
घटनास्थल नजिकै उखुबारीमा बाघले कहिले यता, कहिल्यै उता मुभमेन्ट गरिरहेकोेले नियन्त्रणमा लिन गाह्रो भइरहेको थियो ।
हिजो (बिहीबार) अबेर राति भइसक्दा पनि हिंस्रक बाघ नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित बनेका थिए।
उखुबारीमा देखिएको बाघ नियन्त्रणमा लिन बिहीबार दिउँसो ४ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया र शुक्ला पोष्टबाट ४ हात्ती परिचालन गरिएका थिए।
डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएको राष्ट्रिय निकुञ्जको टोलीले जनाएको छ ।
बाघ लुकेको उखुबारी झण्डै १० बिगाह क्षेत्रफलमा फैलिएको छ। उखुबारीलाई सुरक्षाकर्मीले सेतो कपडाले घेरेका थिए।
र यो पनि !
दोधारा चाँदनी घटना: बुबा हिमाचलमा, बाघले खाएकी आमा खोज्दै दुधे बालक
कञ्चनपुरमा बाघलाई नियन्त्रणमा लिने प्रयास असफल
कञ्चनपुरको बाघ प्रभावित क्षेत्रमा मन्त्री भाट
कञ्चनपुरमा बाघको आक्रमणपछि त्रास : ड्रोनबाट खोजी, हात्तीसहितको टोली आउँदै
कञ्चनपुरकी हिरालाई बाघले खायो, उखुबारीमा थिइन्