धनगढी: कैलालीमा सशस्त्र प्रहरीका पूर्व एसएसपी मदनसिंह बिष्टको अध्यक्षतामा बिष्ट कल्याणकारी सभाको तदर्थ समिति गठन गरिएको छ। शनिबार धनगढीमा ज्येष्ठ सदस्य नारायणसिंह बिष्टको अध्यक्षतामा बसेको भेलाले उनको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।
तदर्थ समितिको उपाध्यक्षमा जयसिंह बिष्ट, सचिवमा पदमसिंह बिष्ट, सहसचिवमा लिला बिष्ट र कोषाध्यक्षमा आनन्दसिंह बिष्टलाई चयन गरिएको छ। सदस्यमा जयबहादुर बिष्ट, शंकरसिंह बिष्ट, जगदिश बिष्ट, जनकसिंह बिष्ट, जगदिशसिंह बिष्ट, साधना बिष्ट र गोपाल बिष्ट चयन भएका छन्।
बिष्ट कल्याणकारी सभाको सल्लाहरकारमा ज्येष्ठ सदस्य नारायणसिंह बिष्ट, मदनसिंह बिष्ट, हिमालय बिष्ट, हर्कबहादुर बिष्ट र पदमसिंह बिष्टलाई राखिएको छ।
शनिबार गठन भएको तदर्थ समितिले अगामी ६ महिनाभित्र अधिवेशन गरेर नयाँ कार्य समिति चयन गर्नेछ। तदर्थ समितिका अध्यक्ष मदनसिंह बिष्टले छरिएर रहेका बिष्ट समुदायबीचको आपसी भाइचारा कायम गर्न तथा दुःख, सुखमा एकअर्कालाई सहयोग गर्दै सामाजिक उत्तरदायित्वका लागि बिष्ट कल्याणकारी सभा गठन गरिएको जानकारी दिए।
सभा गठनपछि बसेको पहिलो बैठकले बिष्ट समुदायको एकताका लागि सभा गठन गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ।