धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालसँग प्रदेशका प्रहरी प्रमुखले भेटघाट गरेका छन्।
आज (बुधबार) सुदूरपश्चिमका डिआईजी रविन्द्र केसी र एसएसपी दिल्लीराज बिष्टले पालसँग भेटघाट गरेका हुन्।
उनीहरूले भेटमा बधाई दिनुका साथै प्रहरीका भौतिक संरचना निर्माण तथा पुनः निर्माण एवं हालको अवस्थाबारे जानकारी गराएका थिए। त्यस्तै प्रदेशको शान्ति सुरक्षामा चासो राख्दै मन्त्री पालले आवश्यक सहयोग गर्ने जनाएका थिए।
Facebook Comments Box