काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहबीच आईजीपी कुँवरले जोशीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी जोशीलाई एआईजीमा बढुवा गरेको थियो ।
उनको पोष्टिङ् प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा छ ।
जोशी आईजीपी वसन्त बहादुर कुवँरकै ब्याची हुन् ।
Facebook Comments Box