बैतडी– बैतडीमा आजदेखि नै मदिरा विक्री वितरण गर्न लगाइएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आजदेखि अन्तिम मतपरिणाम नआउँदासम्म जिल्लामा मदिरा सेवन र कारोबारमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मदिरा विक्रीवितरण तथा सेवन गर्न रोक लगाउने निर्णय गरेको थियो । प्रशासनले निर्णय कार्यान्वयन भए÷नभएको अनुगमनसमेत गर्ने जनाएको छ ।
Facebook Comments Box