काठमाडौं : आज अगस्ट १५, भारतले ७८औँ स्वतन्त्रता दिवस मनाइरहेको छ।
सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्ला (पुरानो दिल्लीस्थित रातो किल्ला ) मा झन्डा फहराएका छन् ।यसअघि प्रधानमन्त्री मोदी राजघाट पुगेका थिए। त्यहाँ उनले राजघाटस्थित महात्मा गान्धीको समाधिमा पुष्प अर्पण गरी प्रार्थना गरे।
नरेन्द्र मोदीले ट्विट गर्दै स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्। मोदीले लेखेका छन्, सबै देशवासीहरूलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना, जय हिन्द।’
Facebook Comments Box