धनगढी: धनगढीमा सर्पले टाेकेर एक बालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-९ बनदेवी टोल बस्ने माया बिकको ५ वर्षीय छाेरा अरुण बिककाे सर्पले टाेकेर मृत्यु भएको प्रहरीले जनाएकाे छ।
उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेकाे थियो। उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हाे।
यस्तै धनगढीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ।आइतबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-५ तारानगरमा कैलारी गाउँपालिका-६ बस्ने ३२ वर्षीय चन्द्रे चौधरीकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
चाैधरीलाई गोपि कृष्ण जोशीको नवनिर्मित घरको पिल्लरमा मसला हाली भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेको थियो।
उनलाई तत्काल उपचारको लागी सेति प्रादेशिक अस्पताल लगिएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत्यु घोषण गरेका थिए।
Facebook Comments Box