धनगढी: सशस्त्र प्रहरीले कञ्चनपुरबाट एकै दिन ५९ लाख बढी मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जिल्लाको भीमदत्त नगरपालिका–३, भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनीयरिङ्ग अटो वर्कसप पछाडीबाट ५९ लाख १८ हजार २ सय मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो।
केन्द्रीय ईन्टेलीजेन्ट ब्यूरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरबाट खगेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको ११ जना र बिओपि जिमुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक भरतबहादुर चन्दको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइएको सामान बेवारिसे अवस्थामा बरामद गरेको हो।
बरामद भएको सामान सशस्त्र प्रहरीले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको जनाएको छ। बरामद भएको सामानमा ठूलो मात्रमा मोबाईल डाटा केवल, चार्जर, एडप्टर, बुफर, ट्रयाक्टरका पाट्र्स, कपडा रहेको सशस्त्र प्रहरीले जनाएको छ।