कोलम्बो– श्रीलङ्कामा हिंसात्मक आन्दोलन चर्किएको छ । हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।श्रीलङ्कामा हिंसात्मक आन्दोलनमा सांसदसहित दुई जनाको मृत्युश्रीलङ्कामा हिंसात्मक आन्दोलन चर्किएको छ । हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।
सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ । सांसदले “त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,” एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् ।
कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन् ।
प्रधानमन्त्री महिन्दा राजपाक्षेका समर्थकहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका व्यक्तिमाथि आक्रमण गरेपछि देशभर हिंसा भड्किएको छ ।