काठमाडौं: गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन्।
तत्कालिन गृहसचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएपछि रिक्त रहेको गृह सचिवको जिम्मेवारी दुवाडीलाई दिइएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रहेका दुवाडीलाई उक्त जिम्मेवारी दिइएको स्रोतले जनाएको छ।
यसअघिका गृहसचिव अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए।त्यसपछि अन्य आकांक्षीहरुलाई पाखा लगाउँदै दुवाडीले गृहमन्त्रालयको जिम्मेवारी पाएको जनाइएको छ।
Facebook Comments Box