धनगढीः बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ जालीबगरमा सुक्खा पहिरो खसेर अवरुद्ध जयपृथ्वी राजमार्ग २ दिनपछि सूचारु भएको छ।
अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाटै पहिरो पन्छाउन सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी युवराज भण्डारीलले पहिरो ठूलो भएकाले राजमार्ग खुलाउन समय लागेको बताए।
पहिरो खसेका कारण बिहीबार बिहान सात बजेदेखि बन्द भएको जयपृथ्वी राजमार्ग आज दिउँसोबाट खुलेको हो। दुईवटा मेसिन लगाएर पहिरो हटाउने काम भएको थियो।
Facebook Comments Box