काठमाडौं– आसन्न वैशाख ३० गतेदेखि हुने स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज (मंगलबार) मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि आयोगले मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । साथै उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ । दूरसञ्चार प्राधिकरणलाई नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल निर्देशन दिएको छ ।
–मौन अवधिमा के गर्न पाइँदैन ?
मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा(सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने
–निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने
–मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
–एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
–मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने