काठमाडौं– हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ ।
हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ ।
मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Facebook Comments Box