काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका थिए।
यो सँगै नेपाली सेनाको कमाण्ड आजदेखि औपचारिक रुपमा अशोकराज सिग्देलले सम्हाल्दै छन्। उनले जंगी अड्डामा आएर उनले कार्यभार सम्हालेका छन्।
सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन्। निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देलले सेनाको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन्।