डडेल्धुरा– गृहजिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार दुई आमसभालाई सम्बोधन गर्ने भएका छन् ।
उनले बिहान १० बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने चुनावी आमसभा र दिउँसो २ बजे भित्री मधेसको परशुराम नगरपालिकाको लालढुङ्गा बजारको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस डडेल्धुराले जनाएको छ । प्रधानमन्त्री देउवासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय नेताहरूले पनि आमसभालाई सम्बोधन गर्ने जनाइएको छ ।
सोमबार साँझ गृहजिल्ला पुगेका प्रधानमन्त्री देउवाले गृहपालिका गन्यापधुरा–२ बडालको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
Facebook Comments Box