बाजुरा– आसन्न वैशाख ३० गते हुने निर्वाचनका लागिग बाजुरामा आजदेखि मदिरा विक्री वितरण गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै आज राति १२ बजेदेखि मदिरा विक्री वितरण गर्न नपाइने जनाएको हो ।
मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभर मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ । निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मदिरा विक्री वितरणमा रोक लगाइएको जनाइएको प्रशासनले जनाएको छ ।
Facebook Comments Box