काठमाडौं: अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९२ औं महासभामा भाग लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक स्कटल्याण्ड जाने भएका छन्।
उनीहरुको भ्रमण गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको जनाइएको छ।
यसपटक इन्टरपोलको महासभा ४ देखि ७ नोभेम्बर (१९/२३ कात्तिक) मा हुँदैछ।
स्कटल्याण्डको ग्लास्गो सहरमा हुने महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल जान लागेका हुन्।
Facebook Comments Box