काठमाडौं: विभिन्न चार देशका लागि नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आज शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतहरुलाई शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव राजदूत नियुक्त भएका थिए।
Facebook Comments Box