काठमाडौं: नेपाल प्रहरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख घुससहित रङ्गेहात पक्राउ परेका छन्। आज (सोमबार) कार्यालय प्रमुख सई लालित कुमार बुढाथोकीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले बिहान नियन्त्रणमा लिएको प्रवक्ता झलक केसीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
उनका अनुसार सई बुढाथोकीले जिल्लामा यातायात व्यवसायीबाट सहजीकरण गर्ने भन्दै २५ हजार घुस रकम बुझेका थिए।
उनलाई सूचनाको आधारमा अख्तियार टोलीले घुससहित समातेको हो। अहिले सो विषयमा थप अनुसन्धान भैरहेको अख्तियार नेपालगन्जका प्रवक्ता केसीले बताए।
Facebook Comments Box