काठमाडौं: बाँकेको कोहलपुरमा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी धर्म भण्डारीले रोयल्टीवाला ठेकेदारसँग सेटिङ गरेको पाइएको छ। जिल्लास्थित इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख भण्डारीले सो क्षेत्रका खोलामा उत्खनन हुने रोयल्टी र ठेकेदारसँग सेटिङ मिलाएर आर्थिक चलखेलसमेत गरेको बताइएको हो।
स्थानीय समीर बिष्ट नाम गरेका ठेकेदारसँगको मिलेमतोमा डीएसपी भण्डारीले लाइन नै लिने गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार डीएसपी भण्डारीकै सेटिङमा समीरले अवैध उत्खनन पनि गरिरहेका छन्। उनले उत्खनन गरेर नेपालगन्जमा लगेर राख्ने गर्दछ्न्।
उनै डीएसपी भण्डारीले समीरलाई त्यहीँको स्थानीय खोला डुढुवाबाट निर्वाध रुपमा अवैध उत्खनन धन्दामा सघाइरहदा अन्य ठेकेदारलाई भने सास्ती दिने गरेका छन्। ती डीएसपीले लाइन नदिनेहरुलाई अनावश्यक हैरानी दिएर टिप्परहरु नियन्त्रणमा लिने गरेको उनीहरूको गुनासो छ।
यता डीएसपी भण्डारीले भने आफूले फैसला गर्ने दाबी गर्दै सबैलाई नियन्त्रणमा लिइने बताए। अनलाइन बिलहरु नभएको अवस्थामा अर्थात् अवैध उत्खनन गरिए कारबाही हुने दाबी गरे।
त्यस्तै उता लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुबेर कडायतले भने डीएसपी भण्डारीले कारबाहीमा छुट दिएको विषयमा आफूले बुझेर अनुसन्धान गर्ने जनाएका छन्।