काठमाडौं: जापानले गैरकानुनीरुपले बसेका दुईजना नेपालीलाई निष्काशन गरेको छ। निष्काशित हुनेहरूमा नुतन गिरी र धनप्रसाद बुढा रहेका छन्।
उनीहरू भिषाको म्याद सकिसकेपछि पनि लुकिछिपी जापान बस्दै आएका थिए।
त्यहाँको अध्यागमनले उनीहरूलाई पक्राउ गरी थाइ एयरको जहाजबाट नेपाल फर्काएको हो।
उनीहरू केही दिनअघि काठमाडौं आएका हुन्। गैरकानुनीरुपमा लुकिछिपी बसेका विदेशीहरूमाथि त्यहाँको अध्यागनले अहिले धरपकड सुरू गरेको छ।
Facebook Comments Box