काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडलले शुक्रवार विभन्न पाँच देशमा राजदूत नियुक्त गरेका हुन्।
उनले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जस अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन र प्रा. डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरिएको हो।
यस्तै, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ।
लम्साल परराष्ट्र मन्त्रालयकी निवर्तमान सचिव हुन् भने तुम्बाहाङ्फे पूर्वउसभामुख हुन्। स्पेनका लागि राजदूत नियुक्त भएका सनिल नेपाल पोर्चुगलका लागि पहिलो नेपाली राजदूत हुन्।