काठमाडौं – रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। मतदातालाई पैसा बाँडेको विषयमा विवाद हुँदा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। उक्त झडपमा परी पाँच जना घाइते भएका छन्।
घाइते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन्।
घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिए।
जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको थियो।
Facebook Comments Box