काठमाडौं – निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का वाग्मती प्रदेश कमिटी सदस्य गङ्गा दाहाललाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधिएको हो । उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् ।
दाहालले व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अनुरोधसहितको ‘पोस्ट’ सेयर गरेको र उक्त कार्यले आचारसंहिताको उल्लङ्घन भएको आयोगको बुझाइ छ ।
Facebook Comments Box