काठमाडौं: जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ। कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो।
बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो।
यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ। अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ।
Facebook Comments Box