जनकपुरधाम – मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ ।
जनकपुरधामस्थित सिताशरण होटलमा बसेर अन्सारीले मतदातालाई रिझाउन पैसा बाँडेको आरोप एमालेका कार्यकर्ताहरुले लगाएका छन् ।
मतदातालाई पैसा बाँडेको भन्दै एमालेका कार्यकर्ताहरुले अन्सारी बसेको होटल घेराउन गर्न पुगेपछि सो क्षेत्र तनावपूर्ण बनेको छ ।
मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले रकम वितरण गरिरहेको सूचना पाएपछि आफूहरु त्यहाँ पुगेको नेकपा एमालेका जनकपुरधाम नगर कमिटी सचिव राजु साहले बताए ।
अन्सारीको ब्याग र कोठा सर्च गर्न प्रहरीलाई भन्दा उल्टै प्रहरीले आफूहरुमाथि हातपात गरेको साहले बताए ।
नेकपा एमालेका कार्यकर्ता पुगेर होटेल नै घेराउ गरेपछि पुगेको प्रहरी टोलीले अन्सारीलाई सुरक्षासहित बाहिर निकालेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Facebook Comments Box