धनगढी: धनगढीमा नेपाली सेनाले सेना दिवसको अवसरमा दौड प्रतियोगिता हुने भएको छ। नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको अवसरमा दौड प्रतियोगिता गर्न लागेको हो।
सुदुरपश्चिम पृतना हेक्वाको आयोजनामा
धनगढीस्थित बोराडाडी व्यारेकमा फागुन १२ गते दौड प्रतियोगिता हुन लागेको जनाइएको छ।
सो दौड प्रतियोगितालाई युनिटी रनको नाम दिइएको छ भने निःशुल्क आवेदनको समय फागुन ७ गतेदेखि १० गतेसम्म रहेको छ। सो प्रतियोगिताको स्वरुप १० कि.मि. (पुरुष/महिला) र खुल्ला ५ कि.मि (विद्यार्थीहरु) वाकाथन (आमन्त्रित पाहुनाहरु) रहेको बताइएको छ।

Facebook Comments Box