सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा स्थानीयले मतपेटिका फुटाएका छन् ।
डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नुका साथै मतपेटिकासमेत फुटाइएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक ज्येष्ठ नागरिक महिलाको मत खसाल्न गएका मतदान अधिकृत विपिन यादवलाई स्थानीयले लछारपछार गर्नुका साथै दुई वटा मतपेटिका फुटाएका हुन् ।
मतपेटिका फुटाए पनि मतपेटिकामा खसालिएको मतपत्र भने सुरक्षित नै रहेको उनले बताए ।
ती ज्येष्ठ नागरिक महिलाले आफूले भनेविपरीत छाप लगाइदिएको भनेपछि विवाद भएको थियो । अवरुद्ध भएको मतदान सुचारू गराउन सर्वपक्षीय बैठक बोलाइएको गौतमले बताए ।
Facebook Comments Box