धनगढी: धनगढी उपमहानगरपालिका–१ मा एक युवकले श्रीमतीसँगको विवादपछि आफ्नै नाडीमा ब्लेड चलाएका छन्।
गौरीगंगा नगरपालिका–१०, मसुरिया घर भई धनगढीमा बसोबास गर्दै आएका २३ वर्षीय रोहन परियारले श्रीमती रितुसँगको विवादपछि ब्लेडले नाडी काटेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार परियारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले उनको अवस्था सामान्य रहेको जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box