काठमाडौं: नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पद रिक्त हुने भएसँगै नयाँ नेतृत्व छनोटका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठकले तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्ये एक जनालाई प्रहरी प्रमुख नियुक्त गर्नेछ।
हालका आईजीपी बसन्तबहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकारीहरू आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। कुँवरसँगै एआईजी टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह, जनक भट्टराई तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल, र ध्रुवराज राउत पनि सेवा निवृत्त हुँदैछन्।
दीपक थापा नयाँ आइजी
नयाँ आईजीपीका लागि अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदीप गिरी, र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्। तर दीपक थापा वरिष्ठता र कार्यकुशलताको आधारमा प्रहरी प्रमुख नियुक्त हुन लागेको बताइएको छ।
Facebook Comments Box