काठमाडौं – प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ ।
काउन्सिलले आज अनुगमन गरेका विभिन्न सञ्चार माध्यममध्ये आचारसंहिता विपरितका सामग्री सम्प्रेषित गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई तत्काल हटाउन पत्र र फोनमार्फत निर्देशन दिएको थियो । ती मध्ये ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।
Facebook Comments Box