काठमाडौं– स्थानीय तह निर्वाचनको मतगणना हिमाली जिल्ला मनाङबाट सुरु भएको छ । जिल्लाको चामे गाउँपालिकामा मतगणना सुरु भएको हो । कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।
एमालेका लोकेन्द्रबहादुर घलेले १५२ ल्याउँदा उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् । यस्तै काँग्रेसबाट अध्यक्षका उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्षमा मिङमार ढोमा लामाले १५४ मत पाएका छन् ।
जिल्लाका अन्य पालिकाहरुमा भने मतगणना सुरु नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Facebook Comments Box