कैलाली– कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको गोदावरी नगरपालिका, टीकापुर, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकामा मतगणना सुरु भएको हो ।
गोदावरी नगरपालिकामा काँग्रेसले सुरुवाती अग्रता लिएको छ भने बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
गोदावरीमा १३० मतगणना हुँदा काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले ५९ र एमालेका उम्मेदवार गोकर्ण भट्टले ४५ मत पाएका छन् ।
उता बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा एमालेले सुरुवाती अग्रता लिएको छ भने उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
एक सय मतगणना हुँँदा एमालेका कर्ण कुँवरले ५०, काँग्रेसका शेरबहादुर कठरियाले २५ मत पाएका छन् । अन्य स्थानीय तहको मतपरिणाम आउनेक्रममा छ ।
Facebook Comments Box