काठमाडौं: सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहसँगै पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मी हेरफेर गरेको छ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्वयसमेत रहेका उनीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई हेरफेर गरिएको हो।
ती पुराना सुरक्षाकर्मीले उनीहरूको निगरानीको सूचना संगठनलाई दिन छाडेपछि हेरफेर गर्नुपरेको बताइएको छ।
यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपालको सुरक्षाका लागि यसअघि सशस्त्र इन्स्पेक्टरको कमान्डमा १०/१० जना खटिँदै आएकोमा अहिले बढाइएको छ।
सुरक्षा अवस्था मूल्यांकन गरेर प्रचण्ड र माधव नेपालको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको संख्या बढाइएको जनाइएको छ।
Facebook Comments Box