धनगढी: सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी, कैलालीले सशस्त्रका ९ जना प्रहरी कर्मचारीलाई सम्मान एवं पुरस्कृत गरेको छ। शुक्रवार बाहिनीमा आयोजित बैद्यनाथ वाहिनी मुख्यालयको २४ औं स्थापना दिवसका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो।

सशस्त्र प्रहरी बल नेपालका एआईजी एवं सशस्त्र प्रहरी प्रधान कार्यालयका मानवस्रोत विभाग प्रमुख वंशीराज दाहालले उनीहरूलाई सम्मान पत्र प्रदान गरे।
सम्मानित हुनेहरुमा २ जना एसपी र ३ जना डीएसपी लगायत छन्। उनीहरूलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १५७ को (ख) बमोजिम उत्कृष्ट कार्य गरेकोमा सम्मान दिइएको हो।

यस्तै बाहिनीले अवकाशप्राप्त कर्मचारी र अन्य खेलाडी कर्मचारीलाई पनि सम्मानित गरेको जनाएको छ।

Facebook Comments Box